काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादित दुई अध्यादेश ल्याउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको नियोजित नियत रहेको दाबी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनको पहिले सम्बोधन गर्दै सभापति देउवाले दल  विभाजनको  अध्यादेश  ल्याउनु  र  संवैधानिक  परिषद्को गरिमा समाप्त गर्नु प्रधानमन्त्रीको नियोजित नियत रहेको बताए ।


ADVERTISEMENT

# # #


सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरित दुइवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको भन्दै असन्तुष्टि प्रकट गरे ।

देउवाले शुक्रबार प्रतिनिधिसभामा गरेको सम्बोधनको पूर्णपाठ:

माननीय सभामुख महोदय,

कोरोनाको विश्वब्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरुको गहिरो समिक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद सफल हुनैपर्ने इतिहासकै बिशेष अभिभारा म शुरूवातमै सबैलाई स्मरण गराउन चाहन्छु ।

श्रद्धाञ्जली  समवेदना

कोरोना भाइरस अर्थात कोभिड १९ का कारण संसारका विभिन्न देशमा जीवन गुमाएका नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । साथै कोरोनाका कारण जीवन गुमाएका विश्वभरिका सबै मानवको आत्माको चिरशान्तिको कामना गर्दछु ।

स्वास्थ्यलाभ कामना

कोरोना संक्रमित भई उपचाररत नेपाल भित्रका सबै नेपाली र विभिन्न देशमा रहेका ३ हजार भन्दा बढी नेपालीको सिध्र स्वास्थ्यलाभको कामना गर्दछु ।

उच्च सम्मान  कदर

पर्याप्त स्वास्थ सामग्री अभावका बावजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाईन’ मा कार्य गरिरहनु भएका सबै आदरणीय स्वास्थकर्मीको उच्च कदर गर्दै उच्च सम्मान प्रकट गर्दछु । यसरी नै अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, संचारकर्मी एवं सफाईको क्षेत्रमा निरन्तर कार्य गरिरहेका सफाइकर्मीको प्रशंशा गर्दै श्रद्धा प्रकट गर्दछु ।

जनताको धैर्यको प्रशंसा

कोरोनाका कारण उत्पन्न अनेक जटिलता असिम धैर्य साथ सामना गरिरहनु भएका स्वदेश र विदेशका समस्त नेपाली दिदीबहिनी दाजुभाइको धैर्यको प्रशंसा गर्दै आजको परिस्थितिलाई संयम र एकता साथ सामना गर्न यो सम्मानित संसद मार्फत अपिल गर्दछु ।

प्रतिपक्षको सहयोग  खबरदारी 

कोरोनाको यो संकटका बेला ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्य गरिरहेको छ । नेपाली काँग्रेसले पार्टीको सबै तहका नेता तथा पार्टी सदस्यलाई कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न आ-आफ्नो तर्फवाट निरन्तर कार्य गर्न आव्हान गरेको छ र सबै साथीहरुले जिम्मेवारीपूर्वक कार्य गरि रहनु भएको छ । कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने बिषयमा सरकारलाई हरसंभव सघाउने तर बेथिति, भ्रष्टाचार र अधिनायकवादी नियत विरुद्ध निरन्तर लड्ने यी दुई नितिलाई हामी निरन्तरता दिनेछौं ।

राहतको ब्यवस्थित प्याकेज ल्याउन माग

  • लक डाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई सबैभन्दा संकटमा पार्‍यो  । सरकारले पर्याप्त राहत नदिंदा हजारौं श्रमिक पैदल हिंडेर गाउँ फर्किए । न खान दिने न गाउँ जान दिने, सरकारको यस्तो ब्यवहारले जनतालाई आहत तुल्यायो । कोरानाका कारणले रोजगारी गुमेका र राज्यवाट सहज रुपमा तत्काल राहत पाउनु पर्ने व्यक्तिले राहत पाउन सकेका छैनन् ।

सुकुम्बासीलाई जाउलो पुर्‍याउने तत्कालीन दायित्व बिर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको कुनै तर्क थिएन ।

  • श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन ब्यवसायी देखि साना ब्यापारी हुंदै उद्योगी ब्यवसायी सम्मलाई विविध ढंगले राहत दिने वृहत्तर प्याकेज निर्माण, घोषणा र कार्यान्वयन यथासिघ्र गर्न म सरकार समक्ष माग गर्दछु ।

स्वास्थ्य सामग्री अभाव  भ्रष्टाचार बारे

  • कोरोनासंग जुध्न अत्यावश्यक पिपिइ, परिक्षण कीट लगायतका सामग्रीको अझै अभाव रहनु दुःखद र लज्जास्पद छ । समयमै सामग्री प्रबन्ध नगर्नु, खरिद प्रक्रियामा पारदर्शिता नहुनु र बजार मुल्य भन्दा बढी रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गरिनु अत्यन्तै गम्भीर र अक्षम्य छ । दोषीहरुलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन र कडा कार्वाही गर्न म माग गर्दछु ।

प्रधानमन्त्रीको नियोजित नियत गलत

  • सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरित दुइवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गर्‍यो । विपक्षी लगायत राजनीतिक दल, संचार माध्यम र समस्त नागरिक सहित सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो ।
  • एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य हो । म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग गर्दछु ।
  • एकातर्फ कोरोनासंग लड्ने हाम्रो साझा दायित्व छ भने अर्कातर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरिरहेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक ब्यवस्थाको रक्षा गर्नुपर्ने परिस्थिति पनि छ । म सरकार बाहिर रहेका राजनीतिक दल, संचार माध्यम, बुद्धिजीवी र समस्त नेपालीलाई यसबारे सजग र एकताबद्ध