काठमाडौँ–  नेकपा माओबादी (केन्द्र)को भातृसंगठन अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनमा नेतृत्व छनौटका लागी निर्वाचन हुने भएको छ ।


ADVERTISEMENT


सहमतीको प्रयास स्वरुप पटक पटक भएका छलफल निष्कर्ष विहिन भएपछि पहिलो पटक निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने भएको हो । पार्टी नेतृत्वले आफ्नो कुनै आधिकारिक उम्मेदवार नभएको र सम्मेलनमा हस्तक्षेप नगर्ने बताएपछि खुल्ला निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया सूरु हुन लागेको सो संगठनले जनाएको छ ।


ADVERTISEMENT

# # #


गए राति सहमतीको अन्तिम प्रयास गरिएपनि अध्यक्षका आकांक्षी अनिल शर्मा र रञ्जित तामाङले चुनावमै जाने अडान राखेका थिए । दुवै पक्ष प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन । आज उम्मेदवारी दर्ता लगायतका प्रक्रिया सकेर भोली मतदान हुने बताइएको छ ।

शर्माको प्यानलबाट उपाध्यक्षमा दिपक देवकोटा र पन्चा सिंह तथा महासचिवमा उत्तम अधिकारी र विजय गौतमले उम्मेदवारी दिने तयारी गरेका छन् ।

त्यस्तै तामाङ प्यानलबाट उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलक राजभण्डारी तथा महासचिवमा खेमबहादुर सिंह र दिपेश पुनको नाम चर्चामा छ ।