काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले विश्वभर नेतृत्व गदैं गरेका महिला नेतृत्वको प्रशंसा गरेकी छिन् ।


ADVERTISEMENT


पूर्व उपप्रधानमन्त्री समेत रहेकी उनले नेतृत्व गरेका महिलाहरुको साहस र राम्रो कर्मका कारण कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सफल भएको दावी गरिन् । उनले कुनै पनि देशका महिलाहरु कमजोर नभएको भन्दै अवसरको खाँचो भएको बताइन् । फेसबुकमार्फत ती देशका महिलालाई कोरोना भाइरस नियन्त्रण गर्न सफल भएकोमा बधाई समेत दिएकी छिन् । कोरोना भाइरस नियन्त्रणपछि सरकारले हरेक गाउँका महिलालाई कृषि उत्पादनमा लगाउन सरकारलाई आग्रह गरिन् ।


ADVERTISEMENT

# # #


भाइरस संक्रमित धेरै देशमा महिला नै राष्ट्रपति र प्रधानमन्त्री रहेका छन् । उनले यो बेला सरकार ढाल्ने र षड्यन्त्र गर्ने खेल कतैबाट हुन नहुनेमा जोड दिइन् । नेकपाभित्रको आन्तरिक कलह देखाउदै उनले नेपाली कांग्रेस सरकार ढाल्नुपर्छ भन्ने मान्यतामा नरहेको स्पष्ट पारिन् ।

महिलाहरुमा सीप भएको र संघर्ष गर्ने कला भएकाले उनीहरुलाई हरेक ठाउँमा अवसर दिनुपर्ने उनको भनाई छ । महिलामाथि घरेलु हिंसा र बलत्कार बढेकोमा सरकारले वेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले बलत्कार गर्नेलाई सरकारले उल्टै संरक्षण गरेको समेत आरोप लगाइन् ।