काठमाडौँ – नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । वीरगन्ज–३ छपकैयाका एक पुरुषलाई कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


संक्रमण पुष्टि भएपछि उनलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् भने बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


निको भएकामध्ये रौतहटका एक युवालाई भने फेरि अस्पताल भर्ना गरिएको छ।