काठमाडौँ – कोका-कोलाले नेपालमा काम गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन रु ८ करोड प्रारम्भिक सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


कोका-कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमबाट फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालीन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि तथा राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सहयोग पुग्नेछ । देशभर १ लाख भन्दा बढि जीविकालाई यसले लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य राखिएको छ ।


ADVERTISEMENT

# # #


यसको साथै कम्पनीले आपतकालीन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ । यी पहलहरु- पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको कोका–कोलाले जनाएको छ ।

कोका-कोलाले नेपालमा समुदायहरुलाई कोभिड-१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ । कोका-कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपालले विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

कोका-कोला, अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले नेपालमा आफ्ना पार्टनहरुका साथ उपभोक्त लगायतका सम्पूर्णको स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेको बताए ।