काठमाडौं – विदेशी संस्थाको सहयोगमा नेपाली अर्बपतिहरुले फोटो सेसन गरेका छन् । अर्बपति शेखर गोल्छा, पशुपति मुरारका र सुधिर मित्तलले सिंगापुरको तेमासेक फाउण्डेसनले सहयोग स्वरुप दिएको पिसिआर किट हस्ताण्तरण भन्दै फोटो खिचाएका छन् । तेमासेक फाउण्डेसनले नेपाललाई सहयोग स्वरुप दिएको दश हजार थान पिसिआर स्वास्थ्य मन्त्रालयका प्रतिनिधि दिपेन्द्र तमान सिंहलाई हस्तान्तरण गर्दै गरेको तस्बिरलाई शेखर गोल्छाले फेसबुकमा पोस्ट गरेका थिए।
जसको पृष्ठभुमीमा आउ जाउ गर्न चार्टड गरेको भनिएको जहाँजसंगै मुरारका र मित्तल पनि देखिन्छन् । केही समय अघि देखी आम मानिस बीच आफूलाई दानी देखाउने होड चल्दै आएको थियो । तर यस घटनाले अर्बपति भनाउदाहरु समेत यसरी फोटो खिचाउन लालायित हुँदा रहेछन् भन्ने पुस्टि भएको छ । सहयोग अरुको तर मैले के के न दिए भने झै गरि फोटो पोस्टयाईनुले उनीहरु कुन कोटीका अर्बपति हुन भन्ने छर्लङ् भएको छ ।