काठमाडौँ — कुवेतमा शनिबार थप ६ नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ४१ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा सार्वजनिक गरेको हो । पछिल्लो एक साता हरेक दिन नेपाली कामदारमा संक्रमण देखिँदै आएको छ ।


ADVERTISEMENT


शनिबारमात्रै ६ नेपालीसहित २७८ जनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमितको संख्या २ हजार ८९२ जना पुगेको छ । जसमा सबैभन्दा बढी भारतीय कामदार संक्रमित भएको हो ।


ADVERTISEMENT

# # #