श्याम ठाकुर, सिरहा – पोलिमर्स चेन रियाक्श्सन (पीसीआर) विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि सिरहामा स्वाब संकलन सुरु गरिएको छ ।


ADVERTISEMENT


सिरहाका लहान नगरपालिका, सिरहा नगरपालिका, गोलवजार नगरपालिका, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, र अर्नामा गाँउपालिका गरी ६ स्थानीय तहमा स्वाब संकलन सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


संकलन गरिएका स्वाबलाई परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने डा. कृष्णविष्ट चौधरीले जानकारी दिए । उनका अनुसार संकलित स्वाबलाई २४ घण्टाभित्र प्रयोगशालामा पुर्याउनु पर्छ ।

सिरहाको छिमेकी जिल्ला उदयपुर लागातार करोना संक्रमित भेटिन थालेपछि सिरहाभित्र जनताहरु आतंकित भएकोबला स्वाब संकलन शुरु भएसँगै कोरोना रोकथाम तथा नियन्त्रणमा केही सहयोग मिल्ने विश्वास गरिएको छ । सिरहाको मिर्चैयामा स्वाब संकलन गराउनेमा बहुसंख्यक मुश्लिम समुदायको रहेको मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवले जानकारी दिए ।

शंका लागेको वा स्वेच्छाले पनि स्वाव परिक्षण गराउन चाहनेले नगरपालीका स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध उनले अनुरोध गरे ।

उक्त स्वभाव संकलन कार्यक्रम प्रदेश सरकारको निगरानीमा भइरहेको र स्थानीय सरकार, स्थानीय प्रहरी, सेनाहरुको पुर्ण निगरानिमा संचालन भइरहेको छ । मिर्चैया नगरपालिकाले संचालन गरेको क्वारेनटाइनमा अहिले ९ जना मुश्लीम समुदायको रहेको र उनीहरुको लागि खटिएका कर्मचारीहरुको समेतको खर्च नगरपालिकाले व्यहोरीरहेको स्वास्थ्य प्रमुख सुरेश सिंहले जानकारी दिए ।