बाँके – नालामा जम्मा भएको पानीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


बिहीबार साँझ बाँकेको बैजनाथ गाउँपालिका.२ पितमारीस्थित बन्दै गरेको क्षेत्रिय कारागारको कम्पाउण्ड बाहिर रहेको पानी निकासको लागि खनेको नालामा जम्मा भएको पानीमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेहरु सोही ठाउँ बस्ने १२ वर्षीय नरेश कुवर, १२ वर्षीय नविन परीयार र ११ वर्षीय अमिल रावल रहेका छन् । उनीहरुको खेल्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।