काठमाडौँ – नेपालमा थप दुईजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार उदयुपुरबाट संकलित नमूनामध्ये पीसीआर विधिबाट परीक्षण गर्दा एकजना ५५ वर्षीय महिलामा पोजेटिभ देखिएको हो । यस्तै जनकपुरका १४ वर्षीय बालकमा पनि पोजेटिभ देखिएको उनले जनाए ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । जसमध्ये ९ जना उपचारपछि निको भइसकेका छन् भने बाँकीको उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. देवकोटाले जनाएका छन् ।