काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही वैशाख १७ गते दिउँसोे १ बजे बोलाएको छ ।


ADVERTISEMENT


पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सोमबार जारी गरेको अध्यादेश र कोरोना भाइरस सङ्क्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि मङ्गलबार बसेको काँग्रेस पदाधिकारी बैठकले सोही विषयमा छलफल गरेको थियो ।