काठमाडौँ – यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (विहिबार) अनलाईन डेलिभरीका माध्यमहरूबाट केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा एनआईसी एशिया बैंकका ग्राहकले १० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् ।


ADVERTISEMENT


एनआईसी एशियाका ग्राहकले फूडमाण्डु, ग्यापु मार्केट र यूजी केक्समार्फत केक तथा अन्य उपहारहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म नगद फिर्ता हुने बैँकले जनाएको छ । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ ।


ADVERTISEMENT

# # #


लकडाउनको समयमा ग्राहक महानुभावहरूलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ । बैंकले लकडाउन आवधिभर दराज अनलाईनमा रहेको बिगमार्टका साथै सेल्सबरी, मेरो किराना, फूडमाण्डु र सेन्ट्रल बजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा समेत खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म नगद फिर्ता हुने योजना लागू गरिरहेको छ ।

यसका साथै बैैंकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपालभरका २५ सय भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।