भारत – कोरोना भाइरस (कोभिड–१९०)को संक्रमण नरोकिएपछि भारत सरकारले लकडाउनलाई थप दुई साताका लागि बढाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा लकडाउन लम्बाउने बताएका हुन् ।


ADVERTISEMENT


यसअघि भारतले मार्च २४ मा भारत सरकारले आगामी मंगलबारसम्मका लागि लकडाउन घोषणा गरेको थियो । प्रधानमन्त्री मोदीले उक्त अवधि सकिनुअगावै लकडाउन बढाउने निर्णय लिने बताइएको छ ।


ADVERTISEMENT

# # #


दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै प्रधानमन्त्री मोदी लकडाउन अवधि बढाउने निष्कर्षमा पुगेको पुष्टि गरेका छन् ।