काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) अब डिजिटल भुक्तानी प्रणाली ‘कनेक्ट आइपीएस’मार्फत गर्न सकिने भएको छ ।


ADVERTISEMENT


‘कनेक्ट आइपीएस’मा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने भएको नेपाल लाइफले जनाएको छ । कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आफ्नो  प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट ‘कनेक्ट आइपीएस’मार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


जुनसुकै समयमा जहाँसुकैबाट मनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आप्mना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इ–सेवा, तथा ‘प्रभु पे’ बाट पनि अनलाइन भुक्तानी भइरहेको छ । त्यस्तै ‘फोन पे’ मार्फत आफ्नो बैंक खाता कनेक्ट गरी नेपाल इन्भेस्टमेन्ट बैँकको इन्टरनेट बैकिङ्ग मार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफले अन्य ‘डिजिटल पेमेन्ट सिस्टम’बाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने कम्पनीको विज्ञप्तीमा उल्लेख गरेको छ ।