काठमाडौँ – एनएमबि बैंकले प्रदेश १ सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । बैँकले कोभिड–१९ विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरेको हो ।


ADVERTISEMENT


बिहीबार एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई विराटनगरस्थित मुख्यमन्त्रि कार्यालयमा मन्त्री तथा उच्चस्तरीय पदाधिकारीहरुको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय-व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

“यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा हामी पनि सरिक छौं”, प्रदेश प्रमुख घिमिरेले भने