काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय नगरेको बताएका छन् ।


ADVERTISEMENT


विभिन्न सञ्चार माध्यमममा उपत्यकामा अलपत्र परेकालाई शुक्रबार र शनिबार घर जान दिनेसम्बन्धी समचारसम्प्रेषण भएपछि उपप्रधानमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त समाचारमा सत्यता नभएको स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


कोरोना(कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समवन्वय समितिका संयोजक समेत रहेका पोखरेलले  उक्त गलत समाचारप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। कोभिड–१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी लक डाउनलाई जारी राखिएको अवस्थामा त्यस किसिमको निर्णय हुन नसक्ने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ’ जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।’