सिन्धुपाल्चोक — कोरोना संक्रमण भित्रने जोखिम बढेपछि माघ १३ मा बन्द गरिएको चीनसँगको प्रमुख नाका तातोपानी पुनः सञ्चालनमा ल्याइएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट नाका खोलिएको हो ।नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन्।


ADVERTISEMENT


प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकमीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा नाका खोलिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए।


ADVERTISEMENT

# # #


‘सुरुवाती हेल्प डेस्कको मापदण्डअनुरूप परीक्षण सकेर नाका खुलाइएको हो,’ उनले भने, ‘खाद्यान्न र मेडिकल सामान मात्रै आउनेछन्।’ बिएम डेर्डीका व्यवसायीले खरिद गरेको मास्क र सेनिटाइजर चिनियाँ प्रहरीले आवश्यक परीक्षण सकेर नेपाली चेकपोस्ट ल्याइदिएको उनले सुनाए।