काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई आज अपराह्न टेलिफोन सम्पर्क गरी कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न सम्पूर्ण विश्व एक हुुनुपर्ने आवश्यकता पनि औँल्याएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #