काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहबीच टेलिफोन संवाद भएको छ ।


ADVERTISEMENT


विदेशमा कार्यरत नेपालीहरुको सुरक्षा र उपचारबारे चासो दिने क्रममा प्रधानमन्त्री ओलीले मंगलबार साँझ कुवेतका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेका हुन्। कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका समयमा त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कल्याणको बारेमा आफूले चासो राखेको प्रधानमन्त्री ओलीले बताएका छन् ।


ADVERTISEMENT

# # #


जवाफमा कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको ट्विट मार्फत जनाएका छन् ।