जनकपुर – प्रदेश नं. २ मा मङ्गलबारसम्म कोरोना भाइस सङ्क्रमणको आशङ्कामा ११९ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ ।


ADVERTISEMENT


सङ्कलितमध्ये १०३ को जाँचको नतिजा आएको प्रदेश समाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार १०३ जनाकै नतिजा नेगेटिभ छ भने १६ जनाको नतिजा आउन बाँकी छ ।


ADVERTISEMENT

# # #


उनले नमूना सङ्कलन र परिणामलाई तीव्रता दिन क्षमता विस्तारका लागि प्रयास भइरहेको बताए । सचिव घिमिरेले आशङ्का गरिएकाको स्वाबको नमूना सङ्कलनको गति र क्षमता बढाउन सरकारले गृहकार्य गरिरहेको छ भन्दै यसमा सङ्घीय सरकारबाट सहयोग आश्वासन प्राप्त भएको छ भने ।