काठमाडौं – संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा आइतबारसम्म प्राप्त विवरणअनुसार २ सय ४३ स्थानीय तहले राहत वितरण थालेका छन् । ६० हजार घरपरिवारले राहत पाइसकेका छन् । काठमाडौं महानगरले ८ हजार ९ सय परिवारलाई राहत दिएको छ । सबै स्थानीय तहमा विपद् राहत कोष सञ्चालनमा आइसकेको मन्त्रालयलले जनाएको छ ।


ADVERTISEMENT


सरकारले स्थानीय तहको वडा कार्यालयमार्फत नै दैनिक ज्यालादारी मजदुर र विपन्न वर्गलाई राहत दिने भनेको छ । त्यसका लागि स्थानीय तहले कोष खडा गरी अर्थको व्यवस्था गर्नुपर्नेछ । अर्थ मन्त्रालयले राहत वितरणसम्बन्धी कार्यविधिको मापदण्ड बनाएर सबै निकायमा पठाइसकको मन्त्रालयले जनाएको ।


ADVERTISEMENT

# # #