काठमाडौँ — कोरोना भाइरस ९कोभिड–१९) को संक्रमण फैलिएयता नेपालमा भारत तथा अन्य मुलुकबाट आएकामध्ये ६१ हजार व्यक्तिको पहिचान गरिएको छ । त्यसमध्ये ५८ हजार ५ सय जना स्थानीय तहको निगरानीमा छन् । उनीहरु कतिपय सेल्फ र कतिपय सार्वजनिक रूपमा व्यवस्थापन गरिएको क्‍वारेन्टाइनमा बसिरहेका छन् ।


ADVERTISEMENT


वडास्तरमा थालिएको अभिलेखीकरणबाट ती व्यक्तिहरुको पहिचान भएको हो । भारतबाट मात्रै हजारौंको संख्यामा नेपालीहरु आएकाले यो संख्या पूर्ण भने होइन । भारतसँगको खुला सिमाना र त्यता आउजाउ गर्ने मानिसको अभिलेख नराख्ने व्यवस्थाका कारण भारतबाट यसबीचमा कति मानिस आए भन्ने जानकारी सरकारका कुनै पनि निकायसँग छैन ।


ADVERTISEMENT

# # #


गृह प्रवक्ता सहसचिव केदारनाथ शर्माले भारतबाट भित्रिएका व्यक्तिहरुको यकिन तथ्यांक नरहेको जनाए । प्रहरी, प्रशासन र स्थानीय तहले ती व्यक्तिहरुको पहिचान गर्ने काम गरिरहेको उनको भनाइ छ ।