काठमाण्डौ –  पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
विज्ञप्तिमार्फत पूर्वराजपरिवार आवद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


कोरोनाले देश र नागरिकमा भय र सन्त्रास पैदा गरेको भन्दै ‘लकडाउन’ बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


महामारीको यस क्षणमा ज्यानको पर्वाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति उनले आभार पनि प्रकट गरेका छन् ।