यूएई –  संयुक्त अरब इमिरेट्स (यूएई)मा थप दुई जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । मंगलबार यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले नयाँ दुई नेपालीसहित ५३ जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ ।


ADVERTISEMENT


योसँगै यूएईमा जम्मा सङ्क्रमितको संख्या ६ सय ६४ पुगेको छ । यूएईमा फागुन २६ ९मार्च ९० मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रममित फेला परेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै चैत १४  मा थप दुई जना नेपालीसहित ७२ जना र चैत १५ ९मार्च २८० मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेका थिए ।सङ्क्रमित भएकामध्ये दुई जना नेपाली निको भैसकेका छन् ।

बाँकी ६ जनाको अवस्था सामान्य रहेकोले आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रीता धितालले जानकारी दिइन् ।