काठमाडौं – अमेरिकाले नेपालस्थित आफ्ना नागरिकलाई  आज स्वदेश फर्काउने भएको छ । आफ्ना नागरिकलाई लिएर मंगलबार र विहिबार काठमाडौंबाट चार्टड विमान अमेरिकाको वासिंटन डिसी जाने भएको छ । त्यसका लागि अमेरिकी दूतावासले नेपाल भर रहेका र अमेरिका फर्कन चाहने आफ्ना नागरिकहरुलाई सम्पर्कमा आउन आह्वान गरेको थियो ।


ADVERTISEMENT


दूताबासले नेपाल सरकारसँग समन्वय गरेर पोखरा, जोमसोम र लुक्लामा रहेका अमेरिकन नागरिकलाई काठमाडौं ल्याइएको जनाएको छ ।


ADVERTISEMENT

# # #


राजदूत र्‍यान्डी बेरीले पहिलो उडान मंगलबार काठमाडौंबाट वासिंटन डिसीका लागि हुने बताएका छन् । दोश्रो उडान अप्रिल २ बिहिबार हुने तर दुबै उडानका लागि समय तय हुन बाँकी रहेको राजदूत बेरीले बताएका छन् ।

यी उडानमार्फत अमेरिका जानका लागि लाग्ने शुल्क अरुबेलामा इकोनोमी उडानका लागि लाग्ने शुल्कभन्दा बढी नहुने र अमेरिका आइसकेपछि अमेरिकी विदेशमन्त्रालयले उक्त शुल्क तिर्ने संयन्त्र बनाउने जनाइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

https://www.facebook.com/nepal.usembassy/videos/610104323178294/?t=13