काठमाडौँ– यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारसंग २-१ गोलले पराजित भएको छ ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल र भारतले पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका थिए । खेलको २७ औं मिनेटमा भारतका कप्तान क्रिम प्रताव सिंहले गोल गर्दै अग्रता दिलाएका थिए ।


ADVERTISEMENT

# # #


नेपालका लागि कप्तान रोशन रानामगरले गोल गर्दै बराबरीमा ल्याएका हुन् । खेलको ४० औं मिनेटमा भारतले डिबक्स भित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गरेका कप्तान रोशनको बल भारतीय गोलरक्षकले बचाएपनि पुन रोशनले अगाडी आएको बललाई प्रहार गर्दै बराबरी नेपाललाई पुर्याएका थिए ।

दोस्रो हाफको मध्यतिर भारतका रवि रानाले गोल गर्दै २–१ गोलको अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर निकै आक्रमक बनेको नेपालले गोल गर्न भने सकेन ।

समुह चरणको अन्तिम खेलसंगै भारत समुह विजेता भएको छ भने नेपाल उपविजेता भएको छ । दुबै टोलि यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

समूह वि मा रहेको भारतले पहिलो खेलमा माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गरेको थियो । घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको थियो ।

समूह बी को विजेताले समूह ए को उपविजेता बनेको भुटानसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, समूह बी को उपविजेताले समूह ए को विजेता बनेको बंगलादेशसंग सेमिफाइनलमा खेल्नेछ ।

यसअघि हिजो भएको खेलमा बंगलादेशले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै समूह ए को विजेता बनेको थियो । त्यस्तै भुटान पराजित भएपनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।