बारा – डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा एक पक्रउ परेका छन् । प्रहरीले नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साहलाई आइतबार बिहान पक्राउ गरेको हो ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय प्रसौनीका अनुसार परवानीपुर गाउँपालिका–५ गण्डक चोकमा डिउटीमा रहेका प्रहरीले लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेका थिए । साहको साथमा अन्य ८–९ जना युवाहरु रहेका थिए ।


ADVERTISEMENT

# # #


व्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।