काठमाडौं – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले संकटको घडीमा सरकार साँझ बिहान गाँस, बास र कपासका लागि धौधौ पर्ने सबै नेपाली र गैरनेपालीको अभिभावक बन्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


विश्वभर कोरोना भाई्सले महामारीको रुप लिईरहेका बेला नेपाल सरकारले चैत १८ गतेसम्म लकडाउनको निर्णय लिएपछि उक्त समयमा हातमुख जोड्न गाह्रो हुने सबैको अभिभावकत्व सरकारले ग्रहण गर्नुपर्ने नेता महरले बताएका हुन् ।


ADVERTISEMENT

# # #


कोभिड–१९को कहरले आक्रान्त परिवेशमा, अहिले विश्व जगतलाई मानवतावादी सोच र व्यवहारको आवश्यकता परेको नेता महरेको भनाई छ ।

जुनसुकै राष्ट्र भित्र वसेको वासी–प्रवासी किन नहोस विशेष गरि स्रमजीवी र अशक्तहरुका लागी गास, वास र कपासको उचित प्रवन्ध मिलाएर विश्व मानवतावादी सरकारको अवधार जागृत हुनु पर्दछ ।, नेता महरले भने, नेपाल सरकारले पनि नेपालमा वसोवास गरिरहेका हातमुख जोडन गाह्रो भएका नेपाली वा गैह्र नेपाली सवैको समस्या वुझेर अभिभावकत्व प्रदान गर्नु पर्दछ ।

कोरोना भाईरसको संक्रमण काठमाडौंकी एक युवतीमा देखिएपछि सरकारले चैत १८ गते सम्मका लागि लकडाउनको निर्णय लिएको छ ।