काठमाण्डौ – नेपालमा अहिलेसम्म ६ सय १० जनाको मात्रै कोरोनाको नमुना परीक्षण भएको छ । त्यसमध्ये दुई जनालाई मात्रै कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


यसअघि सुरुमा चीनबाट फर्किएका एक नेपालीमा कोरोना भएको र उनी उपचारपछि घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयले अर्का एक जनामा  कोरोनाको सङ्क्रमितको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको जनाएको छ ।फ्रान्सबाट कतार ट्रान्जिट भएर फर्किएकी १९ वर्षकी युवतीको उपचार भइरहेको हो ।

यस्तै कोरोनाको आशङ्कामा अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १६ जना आईसोलेशनमा छन् ।