कैलाली – जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको छ ।


ADVERTISEMENT


विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र जोखिम फैलिन नदिनका लागि जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध गरिने उनले जानकारी दिए ।

यो अवधिमा भोजनालय, खाद्यान्ह, खानेपानी औषधी, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण लगायतका राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु भने खुला रहने प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए ।

यसअघि कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी मंगलबार निषेधाज्ञा जारी गरिएको थियो ।

कैलाली र कञ्चनपुरमा भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि त्यसलाई रोक्न कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।