काठमाडौं । कोरोना महामारीसँग लड्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ । संघको आइतबार बसेको ७२ औं बैठकले १ करोड रुपैयाँ बराबर प्रधानमन्त्री राहत कोषमार्फत् वा सल्लाहबमोजिम औषधिजन्य सामग्री सहयोग गर्ने निर्णय गरेको हो । संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति, त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति समेत गठन गरेको छ ।


ADVERTISEMENT


संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी पनि गरेको छ ।


ADVERTISEMENT

# # #