कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिनेको चाप बिस्तारै घट्दै गएको छ । भारतमा लगाइएको जनता कर्फ्युका कारण आइतबार नाकाबाट भित्रिने नेपालीहरुको संख्यामा कमी आएको हो ।


ADVERTISEMENT


भारतमा कोरोनाको संक्रमण बढेपछि शनिबार मात्रै यो नाकाबाट नेपाली १७ हजार बढी नेपाल भित्रिएका थिए ।नाकामा २४ सैं घण्टा सुचारु गरिएको हेल्थ डेस्कका कारण पनि नेपाल भित्रिनेको संख्यामा कमी देखिएको सशस्त्र प्रहरीका उपरीक्षक विरसिंह साहुले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यता, एकै पटक दशौं हजारको संख्यामा नेपालीहरु फर्किएपछि अहिले सीमा नाकामा सुरक्षा व्यवस्था कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ ।जाँचका लागि नेपाली सेना, सशस्त्र प्रहरी, भीमदत्त नगरपालिका र स्वास्थ्य कार्यालयको टोलीसमेत खटाइएको छ ।

स्थानीय प्रशासनले गड्डाचौकीबाहेक जिल्लाका अरु नाका पूर्ण रुपमा बन्द गर्नुका साथै भारतीय नागरिकलाई प्रवेशमा रोक लगाएको छ । गड्डाचौकी नाकाबाट फागुन २३ गतेदेखि शनिबार रातिसम्म ६३ हजार १ सय ८५ जना नेपाली नेपाल भित्रिएका छन् ।