काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम कम गर्न आजदेखि अत्यावश्यक बाहेकका कार्यालय केही दिनका लागि बन्द भएका छन् । आजबाट चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेको हो ।


ADVERTISEMENT


तर अस्पताल, औषधि पसल तथा स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, पेट्रोलियम तथा खानेपानीको ढुवानी तथा बिक्री वितरण बन्द सरकारले जनाएको छ । साथै टेलिफोन तथा इन्टरनेट, सञ्चारमाध्यम, बैंक, बीमा, विद्युत् सेवा, र फोहोर ढुवानी तथा विर्सजन, हुलाक सेवा, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा आज पनि खुलेका छन् । अन्तर्राष्ट्रिय हवाई उडान शनिबारदेखि चैत १८ गतेसम्मका लागि बन्द गरिएको छ भने सोमबारबाट लामो दुरीका गाडी पनि नचल्ने सरकारले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले गएको गत शुक्रबार देशवासीको नाममा गर्नुभएको सम्बोधनमा भनिएको छ, ‘देशैभर सङ्घ, प्रदेश र पालिकाका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवा