काठमाण्डौ – सिङ्गापुरबाट गएराती आएको सिल्क एअरको जहाजमा रहेका सबै ९८ जना यात्रु नेपाली रहेको पुष्टि भएको छ । सिङ्गापुरबाट आएको जहाजमा एक जना डच नागरिक पनि रहेको हल्ला चलेपछि जहाजलाई विमानस्थलमा अवतरण अनुमति नै दिइएको थिएन ।


ADVERTISEMENT


तर पाइलटले इन्धन भर्नको लागि मात्रै भए पनि अवतरणको अनुमति मागेका थिए । त्यसपछि सबै यात्रुलाई विमानस्थलमा ओर्लन नदिइ सिङ्गापुर पठाउने तयारी थियो । तर यात्रुले नाराबाजी गरेर कुनै हालतमा विमान चल्न नदिने जनाएपछि उनीहरुलाई ओरालेर अनुसन्धान गरिएको थियो ।


ADVERTISEMENT

# # #


अनुसन्धानको क्रममा एकजना अस्ट्रेलियन मुलकी नेपाली नागरिक र जापानबाट आएका एक दम्पति नेपाली मुलका नागरिक भएको पाइएको थियो । ती तीन जनालाई क्वारेन्टाइनमा राख्ने र बाँकी ९५ जनालाई घरमै सुरक्षित बस्न भनेर विमानस्थलले छाडिदिएको थियो ।