फागुन, २०। वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले मुलुकको चुरे क्षेत्रको वन सुरक्षाका लागि नेपाली सेनालाई खटाउने विषयमा वन मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको बताएका छन् ।


ADVERTISEMENT


कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित ‘संरक्षणको आधारः युवाको आवाज’ विषयको कार्यक्रममा उनले चुरे क्षेत्रको वन सुरक्षाको जिम्मेवारी सेनालाई दिन उपयुक्त हुने भएकाले त्यसका लागि आफू प्रयासरत रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने– “वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि पनि सबै मिलेर अघि बढ्नुपर्छ ।” हात्ती पीडितलाई राहत दिने विषयमा संसद्बाट ऐन पारित हुने प्रक्रियामा रहेको राज्यमन्त्री भाटको भनाइ थियो ।

कार्यक्रममा वन संरक्षण तथा वन्यजन्तु चोरी सिकार नियन्त्रणमा योगदान पुर्याउने विभिन्न मध्यवर्ती उपभोक्ता समूह, सुरक्षा निकाय तथा व्यक्तिलाई सम्मान समेत गरिएको थियो । सरकारले केही महिनाअघि शुक्लाफाँटा वन्यजन्तु आरक्षको स्तरोन्नति गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बनाएको थियो ।