पोखरा – शाओमी ग्लोबल टेक्नोलोजी लिडरले पोखरामा आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । कम्पनीले पोखराको महेन्द्रपुलमा गण्डकी प्रदेशको पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


कम्पनीको यो नेपालभरमा कम्पनीको पाँचौं सर्भिस सेन्टर हो जुन शाओमीले आठ महिनाको अवधिमा संचालनमा ल्याएको छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नारायणघाट, नेपालगन्ज र इटहरीमा अवस्थित रहेका छन् ।


ADVERTISEMENT

# # #


ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । प्रत्येक सर्भिस सेन्टर ४०० वर्ग फिटमा फैलिएको छ जहाँ टेक्निशियन र प्रोफेशनलहरुको समर्पित टोलीले प्रयोगकर्ताहरुलाई छिटो समस्या समाधान गर्न सहयोग पुर्‍याउँछन् ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले शाओमीले सबै उपभोक्तालाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित रहेको बताए । उनले भने, ‘शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।’

नवीनतम प्रयासहरुले हामीलाई नेपाली ग्राहक र एमआई फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र देशभर फैलिन मद्दत पुर्याउने उनले विश्वास व्यक्त गरे ।