काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएर बालुवाटार स्थित निवास फर्किएका छन् । त्यहाँ उनले ९० वर्षीय पिता मोहन प्रसाद ओलीलाई ढोग गर्दै निको भएर आएको भाव प्रकट गरे ।
मिर्गौला प्रत्यारोपणका लागि ११ दिन अघि शिक्षण अस्पताल महाराजगञ्ज जानु अघि पनि प्रधानमन्त्री ओलीले पितालाई शिर निहुराएर ढोग गर्दै बिदा भएका थिए । त्यो बेला दुवैजनाको मुहारमा भय बुझ्न सकिन्थ्यो ।
तर दोश्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएर शुक्रबार अस्पतालबाट निवास फर्किँदा भेट भएका बाबु छोराको मुहारमा भने खुसीको भाव छल्किएको पाईयो ।
नयाँ जीवनसहित देश हाँक्न फर्किएका छोरालाई पिता मोहन प्रसादले सरकारी निवास बालुवाटारमा स्वागत गर्दाको दृष्य भावुक देखिन्थ्यो ।
तस्विरहरु : प्रधानमन्त्रीको नीजि सचिवालय