काठमाडौँ – नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले ‘केवर्ल्ड’ च्यानल सुरु गर्ने भएको छ ।


ADVERTISEMENT


विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज प्रशारण गर्ने गरी डिशहोमले उक्त च्यानल प्रशारण गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


अब ‘के–पप’, ‘माई लिटिल ब्वाई’, ‘रिचम्यान’, ‘किंग इन द लभ’, ‘मेल्टिङ्ग हार्ट’ लगायतका चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुने भएका छन् । यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको डिसहोमले जनाएको छ । साथै ‘डिशहोम गो (ओटीटी)’ मा पनि यो च्यानल हेर्न सकिनेछ ।

डिशहोमले यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । डिशहोमले नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै ‘एक्सक्लुसिभ’ च्यानलहरु संचालन गर्दै आएको छ ।