काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रोलाले कोरोनाको संक्रमण विश्वमा फैलिरहेका बेला नेपालमा भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय हवाई सेवा नरोकिएकोप्रति असन्तुष्टि जनाएकी छन् ।


ADVERTISEMENT


शुक्रबार कोभिड–१९ को संवेदनशीलताबारे गगन थापाले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै सांसद संग्रोलाले अन्तर्राष्ट्रिय हवाई सेवा रोक्न माग गरेकी हुन् । ‘चिनियाँसहित कोरोना भाइरसको संक्रमण फैलिएका देशका नागरिकहरू नेपाल आउने क्रम जारी छ ।’ उनले भनिन्, ‘यस्तो अवस्थामा पनि अन्तर्राष्ट्रिय हवाइसेवा तत्काललाई रोक्न केले अवरोध गरेको छ ?’


ADVERTISEMENT

# # #


यस्तै उनले कोरोनाको जोखिम नेपालमा भित्रिन नदिनका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको कार्यशैलीप्रति नै प्रश्न नै उठाइन् । ‘युद्धस्तरमा काम गर्नुपर्ने बेलामा समितिको बैठक जम्मा २ पटक बस्यो ।’ उनले भनिन्, ‘बैठकले कोरोना नियन्त्रणका लागि गम्भीर निर्णय गरेको छैन ।’ उनले वैदेशिक रोजगारीका लागि दिइने श्रम अनुमति पनि तत्काल रोक्नुपर्ने माग गरिन् ।

यस्तै उनले प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै कोरोना भाइरसको जोखिमविरुद्ध लड्नका लागि अस्पताल निमार्णको घोषणा गर्नुपर्ने बताइन् । ‘कोरोना भाइरसको संक्रमणको आशंका लागेका व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको छ ।’ उनले भनिन्, ‘तर, महामारी फैलिएमा त्यो अस्पतालले अतिलाई धान्न सक्छ ? आइसोलेशन वार्डहरू कति वटा छन् ?’

वुहानबाट फर्किएका नेपालीलाई राखिएको स्थान खालि भइसकेको बताउँर्दै अब त्यहाँ अस्पताल निर्माणमा जुट्नुपर्ने बताइन् ।