काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गाला प्रत्यारोपण गर्ने भएका छन् । उनी मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनेछन् भने प्रत्यारोपण बुधबार हुनेछ ।


ADVERTISEMENT


आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली आफ्नो उपचारबारे जानकारी गराएका थिए । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे प्रधानमन्त्रीले बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले १२ वर्षअघि मृगौला प्रत्यारोपण्क गरेका थिए । तर, मिर्गौलामा पुनः समस्या आएपछि प्लाज्माफेरोसिसबाट उपचार गर्न गत साउन-भदौमा सिंगापुरमा २ साताबढी बसेका थिए ।

प्लाज्माफेरोसिसबाट पनि सकारात्मक नतिजा नआएपछि प्रधानमन्त्री नियमित हेमोडायलासिस गर्दै आएका थिए । हेमोडायलासिस पनि उपयुक्त हुने नदेखिएपनि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।