काठमाडौँ – अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले पुस्तकको कर नहट्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार सञ्चार मन्त्रालयमा मन्त्रीपरिषद्का निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीका प्रश्नको जवाफमा मन्त्री खतिवडाले विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर लिन नछाड्ने बताएका छन् । पुस्तकमाथि कर लगाएर ज्ञानलाई संकुचित पार्न खोजियो भनेर विरोध भइरहेका बेला संसदले छलफल गरेर नटुंग्याएसम्म पुस्तकमाथिको करका विषयमा नयाँ निर्णय लागू नहुने उनले बताए ।


ADVERTISEMENT

# # #


विभिन्न मुलकले पुस्तक बिक्रीमा ५ देखि १८ प्रतिशत कर लगाउने गरेको उदाहरण दिँदै उनले नेपालमा अर्बौं लगानी गरेर छापाखाना खुलेकाले स्वदेशी उद्योगलाई संरक्षण गर्नु सरकारको दायित्व भएको उनले बताए । उनले ज्ञानमा नभई पुस्तकको व्यापारमाथि कर लगाइएको बताए । ‘पुस्तकको व्यापार पनि ब्यापारै हो । ज्ञानको व्यापार होइन त्यो ।’ उनले भने, ‘ज्ञानको आदानप्रदान हुन्छ, व्यापार हुँदैन । पुस्तकको व्यापार गरेर नाफा कमाइन्छ भने नाफामा कर लगाउनु पर्छ ।’

उनले पुस्तकको व्यापारको विषयलाई ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगर्न पनि उनले आग्रह गरे । ‘एउटा पुस्तक विक्रि गर्दा २५–४० प्रतिशतसम्म कमिशन दिनुहुन्छ भने कति नाफा राख्नुहुन्छ उहाँहरुले ? ’ मन्त्री खतिवडाले प्रश्न गरे, ‘१० प्रतिशत सरकारलाई तिर्दा पनि उहाँहरुलाई २५–३० प्रतिशत नाफै होला नि ? अनि पुस्तकै बिकेनन् भन्ने ?’

भन्सार छलि गरेर ल्याउने र पक्राउ गरिए ज्ञान पक्रियो भनेर हल्ला गर्ने भन्दै उनले भने, ‘चोरी गरेको ज्ञान त पक्रिने नै भयो । त्यो त साइबर अपराध पनि हुन्छ ।’ यदपी पुस्तकमाथिको करका विषयमा सरकार बहस गर्न तयार रहेको उनले स्पष्ट पारे । पुस्तकमाथिको करको विषय संसदले पास गरेको बताउँदै उनले संसदको अर्को बैठकले यसमा नटुंग्याउञ्जेल सरकार पछि नहट्ने उनले अडान व्यक्त गरे ।