धनगढी – सर्वाधिक धनराशीको सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको पहिलो क्मावाटरफाइनलमा आयोजक सुदुरपश्चिम- ११ ले आज भारतको कञ्चनजंघा एफसीसँग खेल्दैछ ।कैलाली हसनपुरस्थित धनगढी रंगशालामा बाई पाएको आयोजक सुदूरपश्चिम र कंचनजंघाबीच दिउँसो खेल हुनेछ । खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।


ADVERTISEMENT


दुई टोलीबीचको विजेता टिमले विभागीय नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग खेल्नेछ ।अर्को क्वाटरफाइनलमा थ्री स्टार र नव जन जागृति युवा क्लब तथा हिमालयन शेर्पाक्लब र गोर्खा ब्वाईज रुपन्देही भिड्नेछन् ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । देशकै सर्वाधिक राशिको मोफसल प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५र १५ हजार प्रदान गरिने छ ।