बदलिँदो जीवनशैली तथा खानपानका कारण अहिले धेरै मानिस मिर्गाैलासम्बन्धी समस्याबाट ग्रस्त छन् । स्वस्थ जीवनशैली तथा खानपान अपनाए यसबाट सजिलै जोगिन सकिने शिक्षण अस्पतालकी मिर्गाैला प्रत्यारोपण विशेषज्ञ डा. दिव्यासिंह शाह बताउँछिन् । हाम्रो शरीरलाई स्वस्थ तथा सक्रिय बनाउन मिर्गाैलाले फिल्टरको काम गरी रगत सफा गर्छ तसर्थ यसलाई स्वस्थ राख्नु आवश्यक छ ।


ADVERTISEMENT


पाचन क्रियाका बेला हाम्रो खानाबाट निस्कने सूक्ष्म खराब तत्व मिर्गाैलामा जम्मा हुन्छ र पिसाबको माध्यमबाट शरीर बाहिर निस्कन्छ । मिर्गाैलाले रातो रक्तकोशिका निर्माण गर्नुका साथै रगत सफा राख्न सहयोग गर्छ । यसले भिटामिन डी निर्माण गर्नुका अतिरिक्त हड्डी बलियो बनाउने काम पनि गर्छ ।


ADVERTISEMENT

# # #


कसरी स्वस्थ राख्ने ?

पानी प्रशस्त मात्रामा पिउनुपर्छ

मिर्गाैला स्वस्थ राख्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ । स्वस्थ मानिसले दिनभरमा ४ लिटर पानी पिउनुपर्छ । पानीले शरीरमा भएको खराब तत्त्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ भने पाचनतन्त्रको कार्यप्रणाली पनि दुरुस्त राख्छ ।

सन्तुलित आहार

खानामा चिनी तथा नुनको मात्रा आवश्यकभन्दा बढी भए मृगौलामा क्षति पुग्छ । यी दुवै चिज बढी प्रयोग गर्दा मृगौलाको कार्यक्षमता ह्रास हुन्छ । त्यसैले मिठाई, चकलेट, केक, पेस्ट्री, अचार, पापडजस्ता चीजको सेवन सीमित मात्रामा गर्नुपर्छ । धूमपान तथा मद्यपानबाट अलग रहनुपर्छ किनभने यसले कलेजोका साथै मिर्गाैलालाई पनि नोक्सान पुर्‍याउँछ ।

मृगौलाका सम्बन्धमा

  • स्वस्थ मानिसका दुवै मृगौलाले संयुक्त रूपमा प्रतिमिनेट १ सय देखि १ सय ३० मिलिलिटरसम्म रगत छान्ने काम गर्दछ ।
  • कुनै औषधि सेवन नगरेका सामान्य स्वस्थ मानिसको पिसाब रंगहीन हुनुपर्छ र हरेक तीन घण्टाको फरकमा पिसाब बाहिर निस्कनुपर्छ ।
  •  रोकिँदै, थोरै वा पटक–पटक पिसाब आउने र पोल्ने तथा खुट्टा सुन्निने भएमा मृगौला खराब भएको हुनसक्छ ।
  • मधुमेह तथा उच्च रक्तचापका बिरामीले चिनी तथा नुनको सेवन ठिक्क मात्रामा गर्नुपर्छ । यसका रोगी तथा अन्यले पनि वर्षमा एकपटक किड्नी फङ्सन टेस्ट गराउनुपर्छ ।

मृगौला रोगीले के खाने ?

मृगौला रोगमा खाना व्यवस्थापन गर्दा बिरामीको खाना खाने बानी, भौगोलिक अवस्था, आर्थिक अवस्था, तौल, लिंग, बिरामीले गर्ने काम, मिर्गाैला रोग कुन अवस्थाको छ ९जस्तो कि मृगौलाको पत्थरी, मिर्गाैलामा पानीका फोकाहरू हुनु, पिसाबको संक्रमण भइरहने, युरिक एसिड आदिलाई ध्यानमा राखेर खानाको व्यवस्थापन गर्नुपर्छ ।

मिर्गाैला रोगमा खानाको साथै औषधी पनि एउटै समयमा तोकिएको मात्रामा व्यवस्थापन गर्नुपर्छ । यसले गर्दा मिर्गाैलाको कार्यक्षमतामा कमी हुन पाउँदैन । पोषणको स्थितिलाई सन्तुलनमा राखी कुपोषण हुनबाट जोगाउन सकिन्छ । सही तरिकाले खाना खाएन भने बिस्तारै शरीरका तन्तुहरू टुक्रन थाल्छन् । यसको नियन्त्रणका लागि निश्चित मात्रामा सन्तुलित भोजनको जरुरत पर्छ ।

शरीरलाई आवश्यक तत्त्वहरूको ठीक मात्रामा भएको खानालाई वा शरीरको आवश्यकता पूरा गर्न सक्ने विभिन्न किसिमका खानेकुराहरूको मिश्रणलाई सन्तुलित भोजन भनिन्छ ।