काठमाडौँ – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई वर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेस सांसदहरुले राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् ।


ADVERTISEMENT


सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि बिचौलियासँग ७० करोड कमिशन माग गरेको अडियो सार्वजनिक भएपछि कांग्रेस सांसदहरुले मन्त्री बाँस्कोटालाई वर्खास्त गर्न गरेका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभाको बिहीबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने उनको माग छ ।

लगतै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् ।
अर्को बैठक १५ फागुनमा बस्नेछ ।