काठमाडौँ – नोबेल कोरोना भाइरस प्रभावित चीनको वुहान प्रान्तबाट उद्दार गरी ल्याइएका नेपालीमा कोरोना भाइरसको संक्रमण नरहेको पाइएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालय प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते उहानबाट उद्दार गरेर ल्याएका १७५ जना नेपालीको स्वास्थ्य परीक्षण गरिएको र कारोना भाइरसका कुनै संक्रमण नदेखिएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ । सरकारले गत फागुन ४ गते चीनबाट १७५ जना नेपालीको उद्दार गरेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको छ । जहाँ उनीहरुलाई राखिएको १४ दिनपछि फेरि स्वास्थ्य परीक्षण गरिनेछ ।


ADVERTISEMENT

# # #