काठमाडौं– संघीय संसदकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको अभियोगमा पुपुक्षमा रहेका पूर्वसभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले सोमबार बलात्कार उद्योगको मुद्दामा महरालाई सफाइ दिएको हो ।


ADVERTISEMENT


जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको छ । यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।


ADVERTISEMENT

# # #


आफूमाथि अभियोग लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए । बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।