काठमाडौँ – विश्वकै प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’मा नेपाली युवा छाएका छन् । नेपाली युवा दिवस पोखरेलले आइतबार अमेरिकन टेलिभिन ‘एवीसी’बाट प्रशारण भएको अमेरिकन आइडलको पहिलो एपिसोडमा नै अघिल्लो चरणका लागि छनोट भएका हुन् ।


ADVERTISEMENT


अडिसनमा उनले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ नामक अंग्रेजी गीत गाएका थिए । दिवसको स्वर सुनेर तीनवटै निर्णयक (जज)हरुले खुलेर तारिफ गरे । तीनमध्येकी एक जज केटी पेरीले त दिवेशलाई रकस्टारको  संज्ञा समेत दिइन् ।


ADVERTISEMENT

# # #


दिवसको प्रस्तुतीबाट निकै मन्त्रमुग्ध भएकी उनले ‘स्टोरी टेलर’ स्वर रहेको र निकै उत्सुक भएको बताइन् । दिवसको प्रस्तुतीअघि नेपालको सुन्दरता वर्णन गरिएको भिडियो देखाइएको थियो । भिडियोमा उनले सुन्दर हिमाल र गौतम बुद्धको देश नेपाल निकै सुन्दर भएको बताएका थिए ।

काठमाडौँ जन्मिएका दिवस रेडियो र टेलिभिजनबाट गीत सुनेर गीत गाउन थालेका थिए । उच्च शिक्षाको लागि उनी ६ वर्षअघि अमेरिका पुगेका थिए ।

यस्तो छ दिवसको अमेरिकन आइडलमा प्रस्तुती