काठमाडौँ – प्रतिपक्षी दल नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै आफ्नो अख्तियारको दुरुपयोग गरेको र सरकारको छायाँ बनेको आरोप लगाएको छ ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद मीन बहादर विश्वकर्माले अरु निकायले गरेको अख्तियारको दुरुपयोगबारे अनुसन्धान गर्नुपर्ने आयोगले आफैले आफ्नो अख्तियार दुरुपयोग गरेको बताए । काँग्रेसले आफ्ना नेता तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै विरोध गरिरहेको छ । त्यही अनुसार शुक्रबारको बैठक पनि कांग्रेसले अवरुद्ध गरेको छ ।


ADVERTISEMENT

# # #


‘उक्त जग्गा प्रकरणमा जुन प्रधानमन्त्रीले त्यो निर्णय गर्नुभयो, उहाँले त्यसलाई उपलब्धिका रुपमा लिनु भएको छ, जुन मुख्यसचिवले त्यो गुरुयोजनाको प्रस्ताव गर्नुभयो, उहाँले यसलाई गौरवमय आयोजना भन्नु भएको छ । जसले योजना सुरु गर्नुभयो, जुन योजनाअनुसार मन्त्रिपरिषदबाट निर्णय भयो, प्रस्ताव पेश गर्ने व्यक्तिले उन्मुक्ति पाउने, उहाँ अत्यन्तै महान व्यक्ति, जसले मन्त्रिपरिषदको अध्यक्षता गरेर निर्णय गर्नुभयो, उहाँ पनि महान व्यक्ति, जो निर्णयबाट लाभान्वित हुनु भयो र लालपुर्जा बोकेर हिँड्दै हुनुहुन्छ, उहाँ पनि महान व्यक्ति रु’

उनले काँग्रेस नेता गच्छदारले त्यतिबेला भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेको स्मरण गराउँदै प्रश्न गरे, ‘लालपुर्जा बनाउने, कित्ताकाट गर्ने कुरा, जग्गाधनी किटान गर्ने कुरा, मोही खडा गर्ने कुरा भौतिक पूर्वाधार मन्त्रालयमा पर्छ ? ’ बालुवाटार परिसर साँघुरो भएकाले त्यसलाई विस्तार गर्ने गुरुयोजना त्यतिबेला बनाइएको र प्रधानमन्त्रीलाई मन परेकै कारण भौतिक योजना तथा पूर्वाधार मन्त्रालयसँग बाटोको आकार कत्रो बनाउने, कति क्षेत्र विस्तार गर्ने भनेर योजना मागिएको उनको दावी थियो ।

‘त्यो योजना लगेर प्रस्ताव गर्ने मन्त्रीलाई मुख्य दोषी करार गरेर करोडौँको विगो दावी गर्ने, उहाँलाई सजायको माग गर्ने तर जसले निर्णय गर्नुभयो, उहाँ निर्दोष ठहरिने ? जुन निर्णयबाट अहिले पनि लालपूर्जा बोकेर बैंकबाट ४९ लाख ऋण त्यही लालपूर्जाबाट आइरहेको छ, उहाँ पनि निर्दोष ठहरिने ?’

तटस्थता कायम गरोस्, निष्पक्षता कायम गरोस् र कसुरदारलाई मात्रै पक्रियोस् भनेर नै अख्तियारलाई सरकारले बनाउने आयोग नभई संवैधानिक अंग बनाएको भएपनि कसुरदारले उन्मिुक्ति पाउने र निर्दोष थुनिने पद्धती बस्ला कि भन्ने डर अख्तियारको निर्णयले गरेको बताए ।  हजार दोषी छुटुन् तर एउटा निर्दोष नपरुन् भन्ने न्यायको सिद्धान्त भए पनि ललिता निवास प्रकरणमा उल्टो भएको उनले बताए । सांसद विश्वकर्माले भने, ‘यहाँ एउटा निर्दोषलाई पक्रिएर सारा कसुरदारलाई उन्मुक्ति दिने पद्दतीको थालनी भयो, त्यसमा कांग्रेसको गम्भीर आपत्ति छ ।’

जग्गाको लालपूर्जा फिर्ता गर्ने स्वीकारोक्तिमा उन्मुख दिइएकोमा व्यंग्य भावमा आक्रोश व्यक्त गर्दै उनले भने, ‘अहिले सामाजिक सञ्जालमा ठट्टा हुन थालेको छ । एउटा डाक्टरले एउटा बिरामीको मिर्गौला चोरेछ । चार वर्षअघि चारेको मिर्गौला फिर्ता गर्‍यो भने त्यो डाक्टरलाई कारबाही हुन्छ कि हुँदैन ? कुनै एक चोरले चारेको एक वर्षपछि सावाँ ब्याज फिर्ता गर्‍यो भने पक्राउ पर्छ कि पर्दैन ?’

सरकार नियोजित रुपमा कांग्रेसका मान्छेहरुलाई थुन्ने, कांग्रेसका मान्छेहरुलाई दोष लगाउने प्रपञ्च रच्न लागेको उनले बताए ।