काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा सांसद विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि गच्छदार निलम्बित भएका हुन् ।


ADVERTISEMENT


बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।


ADVERTISEMENT

# # #


अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभएसम्म स्वतस् निलम्बन हुने व्यवस्था गरिएको छ। गच्छदारविरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा अब उनले संसदमा जान पाउने छैनन् ।