काठमाडौँ – भारतले न्यूजिल्याण्डविरुद्धको ५ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज ‘ह्वाइटवास’ गरेको छ । दुई खेलमा सुपर ओभरमार्फत जित हासिल गरेको भारतले आइतबारको खेल ७ रनले जित्दै सिरिज ५–० मा टुंग्याएको हो ।


ADVERTISEMENT


आईतबार न्यूजिल्याण्डको मंगनुईस्थित मैदानमा टर जितेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा १६३ रन बनायो । १६४ रनको चुनौति पच्छ्याउँदै मैदान प्रवेश गरेको घरेलू टोली न्यूजिल्याण्डले ९ विकेटको क्षतीमा १५६ रनमात्रै बनायो । उसका लागि रस टेलर (५३) र टिम र्सफर्ट(५०)ले अर्धशतक प्रहार गरे । यस्तै इस सोधीले नटआउट १६ बनाउँदा कोलिन मुन्रो १५ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


भारतका लागि जस्प्रित बुम्राहले ३ तथा नभदीप सैनी र सार्दुल ठाकुरले समान २–२ विकेट लिए । वासिङ्गटन सुन्दरका नाममा १ विकेट रह्यो ।

यसअघि भारतका लागि रोहित शर्माले चोटका कारण बाहिरिनु अघि सर्वाधिक ६० रनको योगदान दिए । नियमित कप्तान विरोट कोहलीलाई आराम दिइएको खेलमा भारतको कप्तानी रोहितले गरेका थिए । यस्तै लोकेश राहुलले ४५ तथा श्रेयस ऐयरले ३३ रन बनाउँदा मनिश पाण्डे ११ रनमा नटआउट रहे ।

न्यूजिल्याण्डका लागि स्कट कग्लिज्नले २ विकेट लिँदा हामिस बेनेटले १ विकेट हात पारे । न्यूजिज्याण्डका नियमित कप्तान केन विलियम्सनलाई आराम दिँदा टिममको कप्तानी टिम साउथीले गरेका थिए ।

भारतका लोकश राहुल ‘प्लेयर अफ दि सिरिज’ घोषित भए । पाँच खेलमा उनले २ अर्धशतकसहित २२४ रन बनाएका थिए । भारत र न्यूजिल्याण्डबीच अब तीन एकदिवसीय र दुई टेस्ट खेल हुनेछन् ।